सैनिक मेडिकल कोर सेमिनार २०७९ सम्पन्‍न

सैनिक मेडिकल कोर सेमिनार २०७९ सम्पन्‍न
छाउनीस्थित वीरेन्द्र अस्पतालमा जेष्ठ २५ र २६ गते “सैनिक मेडिकल कोर सेमिनार-२०७९” सम्पन्न भएको छ। प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जेष्ठ २६ गते समापन गर्नु भएको सेमिनारको बलाध्यक्ष रथी श्री सरोज प्रताप राणाले जेष्ठ २५ गते उद्घाटन गर्नुभएको हो। उक्त सेमिनारमा समापन मन्तव्य राख्‍नुहुँदै प्रधान सेनापति श्री शर्माले नेपाली सेनाले सुधार गर्नुपर्ने नीतिगत तथा व्यावहारिक पक्षलाई सुधार गर्दै Appointment System तथा औषधी वितरण प्रणालीलाई प्रभावकारी तथा व्यवस्थित बनाउन निर्देशन दिनुभयो। त्यस्तै बलाध्यक्ष रथी श्री सरोज प्रताप राणाले दिन प्रतिदिन बढ्दै गएको हिताधिकारीहरुलाई नियमित गुणस्तरीय सेवा प्रधान गर्ने चुनौतीको समेत उचित व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी थपिएको बताउनु भयो। साथै, उहाँले सेमिनारमा उठेका विषयहरुको छलफल पश्‍चात् हिताधिकारीहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयासमा कोशेढुङ्ग सावित होस भन्‍ने सुभेच्छा प्रकट गर्नुभयो। उक्त सेमिनार नेपाली सेनाको सैनिक मेडिकल कोरले उपलब्ध गराउने स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नका लागि मानव संसाधन व्यवस्थापन, पूर्वाधार विकास, उपकरण व्यवस्थापन र नीतिगत परिवर्तनहरुको पहिचान गरी सुझाव संकलन गर्ने उदेश्‍यले संचानल गरिएको थियो। सो सेमिनारमा वहालवाला एवं अवकाश प्राप्त रथीवृन्द, अधिकृत, पदिक लगायत सकलदर्जाको उपस्थिति रहेको थियो।