सर्जिकल क्याम्प २०७९ संचालन

सर्जिकल क्याम्प २०७९ संचालन
सैनिक मेडिकल कोरको पहलता र प्रत्यक्ष निगरानीमा सैनिक कल्याणकारी महानिर्देशनालय, पुर्वी कमाण्ड हेडक्वार्टर, वीरेन्द्र अस्पताल तथा पूर्वी कमाण्ड अस्पतालसंग समन्वयमा साउन ४ देखि ७ गतेसम्म पूर्वी कमाण्ड अस्पताल, ईटहरीमा तदर्थ (Ad-hoc)सर्जिकल क्याम्प २०७९ संचालन गरिएको छ । शिविरमा वहालवाला तथा अवकास प्राप्त सैनिक र आश्रित परिवारजन गरी ९६ जनाको विस्तृत सर्जिकल स्वास्थ्य जाच गरिएको थियो । स्वास्थ्य जाँच गरिएकामध्ये २५ जना वहालवाला र १० जना अवकास प्राप्त सैनिक तथा ११ जना आश्रित परिवारजन गर ४६ जनाको ( ४० जना पुरुष र ६ महिला) सफलतापूर्वक शल्यक्रिया गरिएको थियो । उक्त क्याम्पमा Varicose Vein, Hydrocele, Inguinal Hernia, Lipoma, Grade II Hemorrhaid, Non Healing Ulcer Left Leg, Post C/ S Wound Dehiscence, Ganglion Cyst Rt Wrist, Epidermal Inclusion Cyst, Foreign Body Left Sole, Umbilical Hernia, Fistula, Anal Stenosis रोगका बिरामीहरुको शल्यक्रिया गरिएको हो । शिविरमा सैनिक मेडिकल कोरका वरिष्ट सर्जन प्राविधिक सहायक रथी श्री भरत बहादुर भण्डारीको नेतृत्वमा पूर्वी कमाण्ड अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. श्री रत्ना अधिकारी वीरेन्द्र अस्पतालबाट सर्जन विशेषज्ञ डाक्टरको टिम, पूर्वी कमाण्ड अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टर अधिकृत र प्यारामेडिक्सहरुको संयुक्त टोली खटिएका थिए । प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन -२०७८ मा उल्लेख भएबमोजिम गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले तथा नेपाली सेनाका वहालवाला, अवकास प्राप्त सैनिक तथा आश्रीत परिवारको माग बमोजिम स्वास्थ्य सेवालाई तहगत रुपमा विस्तार गर्दै लैजाने र स्वास्थ्य उपचार सेवाको पहुच सहज बनाउनको लागि उक्त शिविर संचालन गरिएको हो । उक्त शिविरबाट बहालवाला तथा अवकास प्राप्त सैनिक र आश्रित परिवारजनले प्राप्त स्वास्थ्य सेवाप्रति खुसी र सन्तुष्टी व्यक्त गरेका छन् । त्यस्तै समय-समयमा यस्ता शिविर संचालन भएमा सहज, सरल स्वास्थ्य सेवा धेरैले प्राप्त गर्न सक्ने बताउदै नेपाली सेनाप्रति आभार प्रकट गरेका थिए । सैनिक मेडिकल कोरको सैनिक कल्याणकारी महानिर्देशनालय र वीरेन्द्र अस्पतालको समन्वयमा उपत्यका बाहिर रहेका अन्य सैनिक अस्पतालहरुमा समेत निकट भविश्यमा तदर्थ सर्जिकल क्याम्प संचालन गर्ने योजना समेत रहेको छ ।