बडिमालिका मेडिकल क्याम्प
पश्चिम कमाण्ड अन्तर्गतश्री नं ५ बहिनी अद्दा तथा श्री दुर्गाभन्जन गुल्मको समंयोजकत्व र जनैपूर्णिमाको अवसरमा बाजुराको त्रिवेणी, बडिमालिकामा आउने दर्शनार्थीहरुलाई लक्षित गरि २०७९/०४/२५ र २०७९/०४/२६ गते स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
श्री नं५ फिल्ड एम्बुलेन्स दिपायलका चिकित्सक सह.से.डा.रक्षा गुरागांइ तथा वहाँको मेडिकल टोलीद्वारा यस शिविरमा विशेषगरी महिलाहरुलाई प्रजनन स्वास्थ्य, महिनावारी र सरसफाई सम्बन्धी सामान्य चिकित्सा जाँच तथा परामर्श प्रदान गर्नुका साथै औषधी वितरण गरिएको थियो ।
कुल सङ्ख्या: ५९१जसमापुरुष २९९तथामहिला २९२ लाभान्वित