गोसाइकुण्ड मेडिकल क्याम्प

गोसाइकुण्ड मेडिकल क्याम्प
मध्य कमाण्ड अन्तर्गतश्री नं ६ बहिनी अद्दा, बैरेनी तथा श्री विष्णुदल गणको समंयोजकत्व र जनैपूर्णिमाको अवसरमा रसुवा जिल्लाको गोसाइकुण्ड ईलाकामा दर्शनार्थीहरुको लागि पहिलेको जस्तै योवर्ष पनि मिती२०७९/०४/२६देखी २०७९/०४/२८ सम्म स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।श्री नं ६ फिल्ड एम्बुलेन्स, बैरेनीका चिकित्सक सह.से.डा. दिब्य प्रताप बानियातथा वहाँको मेडिकल टोलीद्वारा यसशिविरमाविशेषगरी दर्शनार्थीहरुको उच्च उचाइ (High Altitude)का कारण पर्ने समस्याहरुको उपचार, मेडिकल इभाक्युएसनतथा सामान्य चिकित्सा जाँच, उपचार र परामर्श प्रदान गर्नुका साथै औषधी वितरण गरिएको थियो । कुल सङ्ख्या: ४६३जसमापुरुष ३१८तथामहिला १४५ लाभान्वित